नेपाली क्रिकेट टोलीले अस्ट्रेलियामा पाँच अभ्यास खेल खेल्ने

User Image मेयरसाप डेस्क | १९ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/532257703_1213347180821660_1679256728809128303_n.jpg

काठमाडौं । अस्ट्रेलियामा नेपाली राष्ट्रिय क्रिकेट टोलीले क्रिकेट एसिटी र साउथ अस्ट्रेलियासँग अभ्यास खेल खेल्ने भएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान)ले आज एक प्रेस विज्ञप्ती जारी गर्दै नेपालले आगामी भदौ १० देखि १४ गतेसम्म पाँच अभ्यास शृंखला खेल्ने जनाएको हो । 

नेपालले आगामी भदौ १० गते  एसिटी तथा  भदौ १२ गते साउथ अस्ट्रेलियासँग समान दुई दुई ट्वान्टी–२० खेल्नेछ । पहिलो खेल बिहान ४ः४५ तथा दोस्रो खेल ९ः४५ मा सुरु हुनेछ ।

त्यसैगरी नेपालले भदौ १४ गते साउथ अस्ट्रेलियासँगै एकदिवसीय खेल खेल्ने तय छ । यो खेल बिहान ५ः४५ मा सुरु हुने छ । 

यो अभ्यास शृंखला अघि नेपालले अस्ट्रेलियाको डार्बिनमा टप एन्ड टी–२० सिरिज पनि खेल्नेछ । उक्त सिरिज यही साउन २९ देखि भदौ ८ गतेसम्म हुँदैछ ।

त्यहाँ नेपालले अस्ट्रेलियाको बिग ब्यास टोलीका एकेडेमी टोलीसहित पाकिस्तान र बङ्गलादेशको ‘ए’ टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाली टोलीले आगामी अक्टोबरमा ओमानमा हुने आइसिसी पुरूष टी–२० विश्वकप छनोटको तयारीस्वरूप उक्त खेल खेल्न लागेको हो ।


Facebook Comments