ट्रकमा ढुङ्गा खस्दा तीन जना घाइते

User Image मेयरसाप डेस्क | १४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/truck durghatana.jpg

चितवन । चितवन नारायणगढ–मुग्लिन सडकखण्डमा माथिबाट ढुङ्गा खस्दा एउटा भारतीय नम्बर प्लेटको ट्रकमा सवार तीन जना घाइते भएका छन् ।

इच्छाकामना गाउँपालिकाको तीन नम्बर पुल नजिकै भएको यो घटनामा भारतीय नागरिक ४५ वर्षीय मेगु प्रसाद, उनका छोरा १८ वर्षीय सयद अफिद, र २१ वर्षीय नहमान धुनियाँ घाइते भएका हुन् ।

प्रहरीका अनुसार ट्रकका चालक मेगु प्रसादको टाउकोमा गम्भीर चोट लागेको छ भने अन्य दुई जनाको अवस्था सामान्य छ । उनीहरूको अहिले भरतपुरस्थित सरकारी अस्पतालमा उपचार भइरहेको छ ।


Facebook Comments