सिंहदरबारमा सत्ता गठबन्धनको आकस्मिक बैठक बस्दै

User Image मेयरसाप डेस्क | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/dauwa oli.jpg

काठमाडौं । सिंहदरबारमा सत्ता गठबन्धनको आकस्मिक बैठक बोलाइएको छ । सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा बैठक बस्न लागेको हो । 

बैठकमा कांग्रेस, एमाले, जनमत, जसपा र लोसपाका नेताहरूलाई बोलाइएको छ । बैठकमा नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठ र जनमत सांसद अनिता देवी समेत पुगेका छन् । तर, नाउपाले भने यसअघि सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

कांग्रेस र एमालेले उपसभामुखबाट इन्दिरा रानालाई हटाउन हस्ताक्षर संकलन सुरु गरेका छन् । यही सन्दर्भमा सत्तागठबन्धनमा रहेका दलसँग कांग्रेस र एमालेले कुरा गर्न लागेका हुन् ।


Facebook Comments