सीमा विवादमा सबै दल एकढिक्का हुनुपर्छ : गगन थापा

No Author Assigned | एक महिना अगाडि
Image of https://mayorsap.com/storage/photos/10/gagan-thapa-3 dfgf.jpg

काठमाडौं । कांग्रेसका महामन्त्री गगन थापाले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमार्फत चीन र भारतबीच भएको व्यापार सम्झौताको प्रतिवाद गर्न सबै राजनीतिक दल एकढिक्का हुनुपर्ने बताएका छन् ।

बिहीबार प्रतिनिधिसभामा बोल्दै महामन्त्री थापाले नेपाली कांग्रेसले उक्त सम्झौता स्वीकार नगर्ने जानकारी दिए ।

थापाले भने, ‘हाम्रो भूमिको बारेमा सम्झौता भएको पढ्यौं, सुन्यौं। नेपाली कांग्रेस पार्टी हाम्रा दुई छिमेकीले गरेको यो व्यवहारप्रति गम्भीर असहमति प्रकट गर्दछ, यो आपत्तिजनक छ, अस्वीकार्य छ।’

उनले सबै दल एक ठाउँमा उभिएर ‘हाम्रो भूमिमाथि आँखा लगाउने कुरा स्वीकार्य छैन’ भन्ने एउटै सन्देश दुवै छिमेकीलाई दिनुपर्नेमा जोड दिए । उनले यस विषयमा सरकारलाई पनि सबै दललाई समेटेर अघि बढ्न आग्रह गरेका छन् ।


Facebook Comments