शिक्षा विधेयक संसदीय समितिबाट बहुमतले पारित

User Image मेयरसाप डेस्क | एक घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/KRB_KTM_IMG_9844.jpg

काठमाडौं । लामो समयको विवादपछि विद्यालय शिक्षा विधेयक संघीय संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट बहुमतले पारित भएको छ ।

बिहीबार बसेको समिति बैठकबाट विधेयक पारित भए पनि माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले यसमा फरक मत राखेका छन् ।

माओवादी सांसद देवेन्द पौडेल, रेखा शर्मा र ज्ञानु बस्नेत लगायत, रास्वपाकी सांसद सुमना श्रेष्ठ, र राप्रपाकी सांसद बिना जैसवालले विधेयकका केही प्रावधानमा असहमति जनाउँदै फरक मत पेश गरेका हुन् ।

विधेयकको प्रमुख विवादित विषयमध्ये एक आवासीय विद्यालयमा छात्रवृत्तिको व्यवस्था पनि टुंगिएको छ । सरकारले प्रस्ताव गरेको २.५ प्रतिशत छात्रवृत्तिलाई बढाएर ३ प्रतिशतमा सहमति भएको छ ।

समितिका सभापति अम्मरबहादुर थापाका अनुसार, करिब ९ महिनादेखि समितिमा छलफलमा रहेको यो विधेयक अब प्रतिनिधि सभाको आगामी बैठकमा पेश गरिनेछ ।


Facebook Comments