गोरखामा चार सय रोपनी धानबालीमा मरुवा रोग

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/maruwa roggg.jpg

गोरखा । गोरखाको पालुङटार नगरपालिकाका तीन वटा वडामा करिब चार सय रोपनी क्षेत्रफलमा लगाइएको धानबालीमा ‘धान मरुवा’ रोगको समस्या देखिएको छ ।

कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत अब्बादत्त विष्टका अनुसार, वडा नं ४, ६ र ८ मा यो रोग फैलिएको हो । सबैभन्दा बढी प्रभावित क्षेत्र वडा नं ८ स्थित एक हजार फाँटको द्वारटार हो, जहाँ रोगका कारण धानको बोट सुकेका छन् ।

मरुवा रोग एक प्रकारको ढुसी किरा हो, जुन समयमै ढुसीनासक औषधि प्रयोग गरेर नियन्त्रण गर्न सकिन्छ । 

अधिकृत विष्टका अनुसार, प्रभावित क्षेत्रका किसानलाई औषधि उपलब्ध गराएर ‘स्प्रे’ गरिसकिएको छ र ५० प्रतिशतसम्म बाली जोगाउन सकिने विश्वास गरिएको छ ।

यस क्षेत्रमा विशेषगरी गोरखनाथ, सावित्री र मन्सुली जातको धानमा यो रोग देखिएको छ भने राम धानमा भने यसको प्रकोप देखिएको छैन । अधिकृत विष्टले किसानलाई धानको बीउ खरिद गर्दा विशेष ध्यान दिन आग्रह गरेका छन् ।


Facebook Comments