वीरगञ्जमा समुदायस्तरमै फैलियो हैजाको प्रकोप, सबै विद्यालयहरू बन्द

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/school.jpeg

पर्सा । वीरगञ्जमा समुदायस्तरमै हैजाको प्रकोप फैलिएपछि सम्पूर्ण शैक्षिक संस्थाहरू बन्द गरिएको छ । वीरगञ्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले सूचना जारी गर्दै २ दिन सामुदायिक तथा संस्थागत विद्यालहरूको पठनपाठन बन्द गरिएको जानकारी गराएको हो । 

आइतबार र सोमबार दुई दिनका लागि वीरगञ्ज महानगरपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूको पठनपाठन स्थगित गरिएको  सूचनामा उल्लेख छ । हालसम्म वीरगञ्जमा ४२ जनामा हैजा संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।  

वीरगञ्ज महानगरपालिका वडा नम्बर ११, १२, १३ र १६ नम्बर वडामा हैजाको संक्रमण फेला परेको हो ।  भिब्रियो कोलरी नामक जीवाणु दूषित खाना वा पानीमार्फत शरीरमा प्रवेश गरेपछि हैजा लाग्ने गर्दछ । यस रोगका लक्षणमा निरन्तर झाडापखाला लाग्ने, वान्ता हुने, पेट दुख्ने, आँखा गाडिने, शरीरमा पानी कमी भई मांसपेसी दुख्ने र ज्वरो आउने जस्ता समस्या देखिने गर्छन् । समयमै उपचार नपाए ज्यान समेत जान सक्छ ।   
 


Facebook Comments