अछामका ६ स्थानीय तहले पाए प्रमुख प्रशासकीय अधिकृत

User Image मेयरसाप डेस्क | २ दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68b426e40de24.jpg

अछाम । लामो समयदेखि निमित्तको भरमा चलिरहेका अछामका ६ वटा स्थानीय तहमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत पठाएको छ ।

मन्त्रालयले गत बिहीबार १२२ जना उपसचिवहरू र ९७ जना शाखा अधिकृतहरूको सरुवा गरेको थियो । सोहीअन्तर्गत तीन अछामका पालिकामा उपसचिव र तीन पालिकामा शाखा अधिकृत प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाइएका हुन् ।

प्रमुख प्रशासकीय अधिकृतमा साँफेबगर नगरपालिकामा अर्जुनसेन ओली, पञ्चदेवल विनायक नगरपालिकामा कृष्णप्रसाद खरेल र कमलबजार नगरपालिकामा डिकबहादुर कार्कीलाई जिम्मेवारी दिइएको छ ।

यस्तै, गाउँपालिकातर्फ प्रमुख प्रशासकीय अधिकृतमा चौरपाटी गाउँपालिकामा सुरेशप्रसाद जैशी, मेल्लेख गाउँपालिकामा मीमबहादुर शाही र बान्नीगढी जयगढ गाउँपालिकामा चोलारमन अधिकारीलाई जिम्मेवारी दिइएको छ ।


Facebook Comments