मन्त्री सवार गाडी दु*र्घटना : चालक प्रहरी नियन्त्रणमा

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68bd18b168e66.jpg

काठमाडौं । कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री राम राना सवार गाडीको ठक्करबाट ललितपुरमा एक ११ वर्षीया बालिका घाइते भएकी छन् । शनिबार हरिसिद्धिमा भएको यो दुर्घटनापछि गाडीका चालक चन्द्रनारायण चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीका अनुसार, चालकलाई अहिले प्रहरी प्रभाग बाँडे गाउँमा राखिएको छ । बालिकाको बी एन्ड बी अस्पतालमा उपचारपछि डिस्चार्ज भइसकेको र बालिकाको उपचार खर्च सवारी चालक पक्षले नै बेहोरेका छन् ।

मन्त्री राना नेकपा (एमाले) को विधान महाधिवेशनमा सहभागी हुन जाँदै गर्दा यो दुर्घटना भएको थियो । दुर्घटनापछि गाडी नरोकी अगाडि बढेको भन्दै आक्रोशित स्थानीयले सडक अवरुद्ध गरेका थिए ।

पछि एमालेको विधान महाधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओलीले यो घटनालाई ‘सामान्य दुर्घटना’ भनी टिप्पणी गरेका थिए ।


Facebook Comments