हवाई सुरक्षा जोखिममा, त्रिभुवन विमानस्थल बन्द गर्ने तयारी

User Image मेयरसाप डेस्क | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68bfd5fe2222b.jpg

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्ने तयारी गरेको छ ।

गोठाटारसहितका क्षेत्रमा लगातार आगजनीका घटना र अन्य प्रतिकूल परिस्थितिका कारण हवाई सुरक्षामा जोखिम बढेकोले यस्तो निर्णय गर्न लागिएको हो ।

प्राधिकरणका एक उच्च अधिकारीका अनुसार, अहिले आकाशमा रहेका जहाजलाई अवतरण गर्न दिइनेछ, तर थप उडानहरू भने हुनेछैनन् ।

विमानस्थलको सुरक्षा नेपाली सेनाले गरिरहेको छ । अब विमानस्थलको मुख्य गेट नै बन्द गरेर सबै गतिविधि रोक्ने तयारी गरिएको छ ।


Facebook Comments