नक्सालको हिल्टन होटलमा आग*जनी
जेनजी प्रदर्शन


काठमाडौं । ’जेनजी’ आन्दोलनका प्रदर्शनकारीहरूले काठमाडौंको नक्सालस्थित हिल्टन होटलमा आगजनी गरेका छन् । प्रहरी प्रधान कार्यालय नजिकै रहेको उक्त होटलमा केहीबेरअघि यो घटना भएको हो ।
सोमबारदेखि सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र सरकारी बेथितिविरुद्ध आक्रामक प्रदर्शनमा उत्रिएका युवाहरूले आज पनि काठमाडौं लगायत देशका विभिन्न ठूला सहरहरूमा प्रदर्शन जारी राखेका छन् ।
प्रदर्शनकारीहरूले शीर्ष नेताका घर, पार्टी कार्यालय र प्रहरी कार्यालयहरूमा ढुंगामुढा गर्दै तोडफोड गरिरहेका छन् । अहिले देशका मन्त्रीहरूलाई समेत नेपाली सेनाको हेलिकप्टरबाट सुरक्षित स्थानमा सारिएको छ ।
Facebook Comments