त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा बन्द


काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण रूपमा बन्द गरेको छ ।
गोठाटारसहितका क्षेत्रमा भइरहेको आगजनीका घटना र बिग्रँदो परिस्थितिका कारण हवाई सुरक्षामा जोखिम बढेपछि यो निर्णय गरिएको हो ।
प्राधिकरणका अनुसार, आकाशमा रहेका जहाजहरूलाई अवतरण गराएपछि अन्य सबै उडान रद्द गरिएको छ । हाल नेपाली सेनाले विमानस्थलको सुरक्षा गरिरहेको छ ।
Facebook Comments