संसद् भवन प्रदर्शनकारीको कब्जामा, तोडफोड र आगजनी

User Image मेयरसाप डेस्क | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68bfdf8b47a86.jpeg

काठमाडौं । ’जेनजी’ आन्दोलनका प्रदर्शनकारीहरूले नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा तोडफोड तथा आगजनी गरेका छन् । 

देशमा व्याप्त भ्रष्टाचार, सरकारी बेथिति र सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धको विरोधमा उत्रिएका प्रदर्शनकारीहरूले संसद भवनलाई आफ्नो नियन्त्रणमा लिएका छन् ।

नयाँ बानेश्वर क्षेत्रमा भेला भएका सयौँ प्रदर्शनकारीहरूको समूहले सुरक्षा घेरा तोडेर संसद् भवनभित्र प्रवेश गरेको थियो । उनीहरूले संसद् भवनका झ्यालका सिसाहरू फुटाएका छन् भने भित्रका फर्निचर र अन्य सामग्रीमा तोडफोड गरेका छन् ।

संसद् भवनको एक भागमा आगजनी समेत भएको छ, जसले गर्दा भवनभित्र धुवाँको मुस्लो देखिएको छ । प्रदर्शनकारीले संसद भवन नियन्त्रणमा लिएपछि संसद भवनभित्रबाट प्रहरीहरू पनि बाहिर निस्कने क्रम जारी छ । 

सोमबारको प्रदर्शनमा प्रहरीको गोली लागेर २१ जनाको मृत्यु भएपछि आज देशभर आन्दोलन थप उग्र बनेको छ । बिहानैदेखि काठमाडौं उपत्यकालगायत देशका प्रमुख सहरहरूमा प्रदर्शनकारीहरू सडकमा उत्रिएका छन् ।

 


Facebook Comments