पूर्वराजा शाहद्वारा जेनजी आन्दोलनमा भएको मानवीय क्षतिप्रति दुःख व्यक्त

User Image मेयरसाप डेस्क | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68bfe18b84858.jpg

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले ‘जेनजी’ पुस्ताले गरेको आन्दोलनमा भएको मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

आज संवाद सचिवालयमार्फत एक विज्ञप्ति जारी गर्दै उनले युवा पुस्ताको जायज मागलाई बेवास्ता गरेर ज्यान लिने र सयौँलाई घाइते बनाउने कार्य अत्यन्त दुःखद र निन्दनीय भएको बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ, “देश र समाजका निम्ति केही राम्रो काम गरौँ भन्ने उद्देश्य राखेर अगाडि बढेका होनहार किशोर–किशोरी र युवा–युवतीहरूले पोखेको आक्रोश आम चासोको विषय हो।”

पूर्वराजा शाहले घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् । उनले आन्दोलन हिंसात्मक नबनोस्, अराजक नरहोस् र यसमा कसैको घुसपैठ नहोस् भन्ने धारणा राखेका छन् ।

उनले अहिले उठेको सुशासन र आर्थिक अननुशासनका कुराहरूलाई ध्यानमा राखेर देशभित्रबाटै समस्याको समाधान खोज्न पनि आग्रह गरेका छन् ।


Facebook Comments