स्वास्थ्यमन्त्री प्रदीप पौडेलले दिए राजीनामा

User Image मेयरसाप डेस्क | ११ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68bfe467073a9.jpg

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले पदबाट राजीनामा दिएका छन् । उनले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफूले मन्त्रालयको जिम्मेवारीबाट अलग हुने निर्णय गरेको जानकारी गराएका हुन् ।

मन्त्री पौडेलले ‘अहिंसा लोकतन्त्रको प्राण हो’ भन्ने सिद्धान्तमा आफू अडिग रहेको भन्दै निहत्था युवा पुस्ताको रगत बगिरहेको दृश्यको साक्षी बन्न नसकेको उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘जुन मन्त्रालयको शपथ नागरिकको जीवन रक्षाका लागि लिएको थिएँ, त्यही पदमा बसेर राज्यले गरेको व्यवहारको मूकदर्शक बन्न मेरो आत्माले मानेन।’

उनले लोकतन्त्रको मूल्य र नागरिक अधिकारको पक्षमा उभिएर राजीनामा दिएको बताएका छन् ।


Facebook Comments