संसद् भवन नियन्त्रणमा लिएर प्रदर्शनकारीले गरे आगजनी, पछि हट्यो सुरक्षाकर्मी

User Image मेयरसाप डेस्क | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68bfe77cc5d18.jpeg

काठमाडौं । ‘जेनजी’ आन्दोलनले उग्र रूप लिएपछि प्रदर्शनकारीहरूले नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा पूर्ण रूपमा आगजनी गरेका छन् । प्रहरीले आत्मसमर्पण गरेर बाहिर निस्किएपछि प्रदर्शनकारीहरूले संसद् भवनलाई आफ्नो नियन्त्रणमा लिएर आगजनी गरेका हुन् ।

सोमबारको प्रदर्शनमा प्रहरीको गोली लागेर २१ जनाको मृत्यु भएपछि आज देशभर आन्दोलन थप चर्केको छ । बिहानैदेखि काठमाडौं उपत्यकासहित प्रमुख सहरहरूमा हजारौँ प्रदर्शनकारी सडकमा उत्रिएका थिए । बानेश्वरमा भेला भएका प्रदर्शनकारीको ठूलो समूहले सुरक्षा घेरा तोड्दै संसद् भवनभित्र प्रवेश गरेको हो ।

प्रदर्शनकारीहरूले नाराबाजी गर्दै भवनको गेट र पर्खाल भत्काएर भित्र प्रवेश गरेका  थिए । त्यसपछि उनीहरूले भित्रका सामग्रीमा तोडफोड गर्दै आगो लगाएका थिए । आगलागीबाट भवनको अधिकांश भाग ध्वस्त भएको छ ।

यसअघि, प्रदर्शनकारीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोट निवास, कांग्रेस महामन्त्री गगन थापाको घर, राष्ट्रपति रामचन्द्र पौडेलको निवास, पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको घर र ललितपुरस्थित मन्त्री क्वार्टरलगायतका महत्त्वपूर्ण सरकारी तथा नेताहरूको निवासमा पनि तोडफोड र आगजनी गरेका थिए ।


Facebook Comments