गुप्तचर प्रमुख हुतराज थापा भोलीबाट अवकाशमा जाँदै


काठमाडौं । राष्ट्रिय अनुसन्धान विभाग ( गुप्तचर)का प्रमुख तथा मुख्य अनुसन्धान निर्देशक हुतराज थापाले भदौ २८ गते (भोलि) बाट अनिवार्य अवकाशमा जाँदै छन् ।
तीन वर्षे कार्यकाल पूरा गरेर थापा भोलि अवकाशमा जाने भएसँगै मुख्य अनुसन्धान निर्देशक पद रिक्त हुने भएको छ । जेनजीको आन्दोलनले उग्ररुप लिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए ।
अहिले सेनाले नै कफ्र्यू लगाउनेदेखि नेताहरूलाई सुरक्षा दिएर खान्ने मात्रै होइन प्रधानमन्त्री कसलाई बनाउने भन्नेमा पनि सैनिक मुख्यालय जंगी अड्डामा छलफल जारी नै छ ।
गुप्तचर प्रमुख मन्त्रिपरिषद्ले नियुक्त गर्नुपर्ने हुन्छ । भोलिसम्म प्रधानमन्त्री नियुक्त नभएको अवस्थामा के हुने भन्ने अन्योल कायम छ । यही समयमा गुप्तचर प्रमुख खाली हुँदा सूचना संयन्त्रमा थप अन्योल हुनसक्ने सुरक्षा मामलका जानकारहरू बताउँछन् ।
Facebook Comments