जेनजी आन्दोलनमा आग*जनी गरिएकाे धरानको भाटभटेनीभित्र ३ श*व फेला


विराटनगर । जेनजी आन्दोलनको क्रममा भएको तोडफोड र आगजनीले ध्वस्त भएको धरानको भाटभटेनी सुपरमार्केटको भग्नावशेषमा तीनजनाको शव फेला परेको छ ।
मंगलबार राति भएको हिंसात्मक घटनापछि फैलिएको आगलागी हिजो साँझ मात्र पूर्णरूपमा नियन्त्रणमा आएको थियो । त्यसपछि आज बिहान जनप्रतिनिधि र सुरक्षाकर्मीको टोली भित्र पसेर अनुसन्धान गर्दा तीन जनाको शव फेला परेको हो ।
प्रहरी इन्स्पेक्टर रुद्र खड्काका अनुसार, दोस्रो तलामा एउटा शवको अवशेष भेटिएको थियो । त्यसको केही समयपछि थप दुई शव पनि त्यस्तै अवस्थामा फेला परेका छन् । प्रहरीले शवहरूको मुचुल्का उठाएर पोस्टमार्टमका लागि पठाएको छ ।
घटनास्थलमा भेटिएका यी शवहरू कसका हुन् भन्ने कुरा अझै पुष्टि हुन सकेको छैन । मंगलबार राति नै भाटभटेनीभित्र केही मानिस फसेको हल्ला फैलिएको थियो र केही आफन्तजनले अनौपचारिक रूपमा विभिन्न निकायमा सम्पर्क गरिरहेका छन् ।
Facebook Comments