गृह मन्त्रालय सामान्य प्रशासन मन्त्रालयको भवनमा सारिँदै

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68c40a73c131b.png

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको तोडफोडले गृह मन्त्रालयको भवन ध्वस्त भएपछि मन्त्रालयलाई पुरानो सामान्य प्रशासन मन्त्रालयको भवनमा सारिने भएको छ ।

यसअघि परराष्ट्र मन्त्रालयका लागि छुट्याइएको यो भवन अब गृह मन्त्रालयको नयाँ ठेगाना बन्ने भएको हो ।

भदौ २४ गतेको आन्दोलनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालय दुवैलाई ठूलो क्षति पुर्याएको थियो । 

गृह मन्त्रालयको वर्तमान भवन प्रयोग गर्नै नमिल्ने गरी ध्वस्त भएपछि प्रधानमन्त्री कार्यालयसँगको समन्वयमा मन्त्रालय सार्ने निर्णय भएको हो ।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले भवन प्रयोगका लागि अयोग्य भएको पुष्टि गर्दै प्रधानमन्त्री कार्यालयले नयाँ भवनमा सार्ने तयारी गरिरहेको बताए । 

उनले भने, ‘अहिले हामीले सुरक्षा समन्वय महाशाखाको कन्ट्रोल रुम मात्र पुरानो भवनको भग्नावशेषबाट चलाइरहेका छौँ, जसले देशभरको सुरक्षा अवस्था र विषम परिस्थितिमा उद्धारको काम गर्छ।’

मुलुकको सुरक्षाको मुख्य जिम्मेवारी सम्हाल्ने गृह मन्त्रालय नै आफ्नै भवनविहीन भएपछि कामकारबाहीमा पनि चुनौती थपिएको छ ।


Facebook Comments