सुमना श्रेष्ठ भन्छिन्– ‘नयाँ सरकारमा मन्त्री बन्दिनँ’

User Image मेयरसाप डेस्क | १९ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68c5179618e26.jpg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ तथा पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले नयाँ अन्तरिम सरकारमा आफू सहभागी नहुने स्पष्ट पारेकी छन् । एक भिडिओ सन्देश जारी गर्दै उनले आफू मन्त्री बन्न लागेको भन्ने हल्लाको खण्डन गरेकी हुन् ।

प्रधानमन्त्री सुशीला कार्कीको सपथग्रहण समारोहमा शीतल निवासमा उनको उपस्थितिपछि यस्तो चर्चा सुरु भएको थियो । उनले कसैलाई पनि भ्रममा नपर्न आग्रह गर्दै आफू नयाँ सरकारमा मन्त्री नबन्ने दोहोर्याएकी छन् ।

श्रेष्ठले ’जेनजी’ आन्दोलनमा ज्यान गुमाएका युवाहरूलाई सम्झँदै भनिन्, ‘कलिला भाइबहिनीहरूको दाहसंस्कार सकिएको छैन । उहाँहरूको यो बलिदानबाट आएको परिवर्तनमा म जस्तो अवसर पाएर, काम गर्ने मौका पाएर काम गरेकाहरूले मन्त्री बन्ने सपना नराखौँ ।’


Facebook Comments