दशैंको अग्रिम टिकट बुकिङ खोल्ने सरकारको तयारी


काठमाडौं । सरकारले दशैंका लागि अग्रिम टिकट बुकिङ खोल्ने तयारी गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज यातायात व्यवसायी, ट्राफिक प्रहरीका प्रतिनिधि लगायत सरोकारवाला निकायबीच छलफल हुँदैछ ।
सरकारले दशैंको अग्रिम टिकट बुकिङको विषयमा छलफल गर्न आज दिउँसो बोलाएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए ।
सरकारले सुरक्षित र यात्रुमैत्री वातावरणको ग्यारेन्टी गरे अग्रिम टिकट बुकिङ खुलाउन आफूहरु तयार रहेको यातायात व्यवसायीले बताएका छन् ।
Facebook Comments