एसिया कपमा आज भारत र पाकिस्तान खेल्दै

User Image मेयरसाप डेस्क | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68c63d507db54.jpg

काठमाडौं ।  एसिया कप क्रिकेटमा आज (आइतबार) भारत र पाकिस्तान भिड्दै छन् । खेल आइतबार राति ८ः१५ बजे यूएईमा सुरु हुँदैछ । समूह चरणमा १/१ खेल खेलिसकेका भारत र पाकिस्तानले २/२ अंक बनाउन सफल भएका छन् ।

समान अंक भए पनि समूह ‘ए’मा रनरेटका आधारमा भारत शीर्ष स्थानमा छ भने पाकिस्तान दोस्रो स्थानमा छ । भारतले पहिलो खेलमा यूएईमाथि ९ विकेटको सानदार जित निकालेको थियो भने पाकिस्तानले भने ओमानविरुद्ध ९३ रनको जित हासिल गरेको थियो । एसिया कपमा दुई समूहका आठ टिमले प्रतिस्पर्धा गर्दैछन् । 


Facebook Comments