जुम्लामा कुकुरको टोकाइबाट १४ जना घाइते

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68c6d540ed296.jpg

काठमाडौं । जुम्लाको तातोपानी गाउँपालिका वडा नं. २, ४ र ६ का १४ जना व्यक्तिलाई आइतबार एउटै कुकुरले क्रमश आक्रमण गरेर घाइते बनाएको छ । कुकुरको आक्रमणबाट घाइते हुनेमा वडा नंं. २ का ५ जना क्रमशः नरेन्द्र केसी, सर्केनी बुढा, धने रोकाया, मयालु रोकाया, गोरे सार्की रहेका छन् ।

त्यस्तै वडा नं. ४ का ७ जना सभ्यता हमाल, बिजकन्या न्यौपाने, लटे कामी, मन्नु न्यौपाने, संगिता समीक्षा विक र सुर्दशन विक रहेका छन् भने वडा नं. ५ की मेनका नेपाली र वडा नंं ६ की सरिता कामी गरी चार वडाका १४ जना घाइते भएको तातोपानी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गुरु प्रसाद चौलागाईले बताए ।

घाइतेहरुको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।आक्रमण गर्ने कुकरलाई नियन्त्रणमा लिएको बताइएको छ । 


Facebook Comments