‘जेनजी’ आन्दोलनका मृ*तकको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि

काठमाडौं । ‘जेनजी’ आन्दोलनमा ज्यान गुमाएका शहीदहरूको आज राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) मा पोस्टमार्टम सकिएपछि निकालिएको शवयात्रा पशुपति आर्यघाटमा पुगेर सम्पन्न भएको हो ।
शहीदहरूको पार्थिव शरीरमा गृहमन्त्री ओम प्रकाश अर्याल र ऊर्जामन्त्री कुलमान घिसिङले राष्ट्रिय झण्डा ओडाएर सम्मान गरेका थिए । सरकारी सम्मानपछि मृतकका आफन्तले दाहसंस्कार गरेका छन् ।
आज कुल १० जना मृतकहरूको अन्त्येष्टि गरिएको छ । त्यसमध्ये ४ जनाको पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।
बाँकी ६ जनाको शव हेलिकप्टरमार्फत काठमाडौं बाहिरका जिल्लाहरूमा अन्त्येष्टिका लागि लैजाने तयारी गरिएको छ ।
Facebook Comments