अर्थमन्त्री खनालद्वारा क्षतिग्रस्त भाटभटेनीको अवलोकन

काठमाडौं । ’जेनजी’ आन्दोलनका क्रममा तोडफोड, लुटपाट र आगजनी गरिएको भाटभटेनी सुपरमार्केटको कोटेश्वर शाखामा नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले अवलोकन गरेका छन् ।
मंगलबार भाटभटेनी पुगेका अर्थमन्त्री खनालले सञ्चालक मीनबहादुर गुरुङलाई भेटेर सान्त्वना दिए । मन्त्रीको उपस्थितिले संस्थालाई अगाडि बढ्ने हौसला मिलेको गुरुङले बताएका छन् । उनले भने, ‘भौतिक संरचना भत्किए पनि भाटभटेनीको आत्मा कहिल्यै टुट्दैन ।’
आगलागीबाट बचेका शाखाहरू पुनः सञ्चालनमा आइसकेका छन् भने कम्पनीले क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माण गरी जनतालाई निरन्तर सेवा दिने प्रतिबद्धता जनाएको छ । देशभरका विभिन्न भाटभटेनीमा आन्दोलनकारीले तोडफोड र आगजनी गरेका थिए ।
Facebook Comments