शहीद घोषणादेखि प्रत्यक्ष कार्यकारीसहित अन्तरिम सरकारलाई ८ बुँदे माग


काठमाडौं । स्पिक अप नेपालले जेनरेसन जेड (Generation Z) को नाममा एक वक्तव्य जारी गर्दै यही भदौ २३ गते देखि सुरु भएको जनआन्दोलन सफल भएको दाबी गरेको छ ।
नेपालभरका नागरिकहरूको समर्थनमा सञ्चालित यो आन्दोलन भ्रष्टाचार, कुशासन, पारदर्शिताको अभाव र सार्वजनिक पदाधिकारीहरूको जवाफदेहीतामा देखिएको गम्भीर संकटका विरुद्धमा र विधिको शासनका लागि भएको वक्तव्यमा उल्लेख छ ।
वक्तव्यमा आन्दोलनको लक्ष्य पूरा गर्न एक पारदर्शी, भ्रष्टाचारमुक्त र सक्षम अन्तरिम सरकारको आवश्यकतामा जोड दिँदै पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई नेपालको अन्तरिम प्रधानमन्त्रीमा नियुक्त गरिएको निर्णयलाई दृढ समर्थन गरिएको छ ।
साथै राष्ट्रपतिद्वारा प्रतिनिधि सभा विघटन गर्ने निर्णयलाई पनि स्वीकार गरिएको छ । वक्तव्यमा मुलुकमा एक दिगो र स्थिर सरकार निर्माणका लागि राष्ट्रिय समावेशी संवाद अपरिहार्य रहेको कुरामा जोड दिइएको छ ।
यो आन्दोलनले यसअघिका नारीवादी, आदिवासी, थारुहट, मधेसी, दलित, अपाङ्गता भएका व्यक्ति, अल्पसंख्यक, सीमान्तकृत समुदाय लगायतका आन्दोलन र विभिन्न समयमा भएका जनआन्दोलनहरूबाट प्राप्त धर्मनिरपेक्षता, संघीयता, समानता, सामाजिक न्याय, समावेशिता, गणतन्त्र र मौलिक अधिकारका सिद्धान्तको सम्मान गर्ने जनाएको छ ।
अन्तरिम सरकारलाई जेनजी आन्दोलनका आठ बुँदे मागहरूलाई सत्य निष्ठाका साथ पूरा गर्न आग्रह गर्दै निम्न मागहरू अघि सारिएको छ ।
यस्ता छन् माग:
Facebook Comments