११ सदस्यीय मन्त्रिपरिषद् बनाउने प्रधानमन्त्री कार्कीको तयारी

User Image मेयरसाप डेस्क | एक घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68c94ff2a6d96.jpg

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो मन्त्रिपरिषद्को विस्तार ११ जनाभन्दा नबढाउने बताएकी छन् ।

बीबीसी नेपाली सेवालाई दिएको विशेष अन्तर्वार्तामा उनले अब नियुक्त हुने मन्त्रीहरू कुनै पनि राजनीतिक दलसँग आबद्ध नहुने स्पष्ट पारेकी छन् ।

प्रधानमन्त्री कार्कीले भनिन्, ‘मन्त्रिपरिषद् करिब १० देखि ११ जनाभन्दा नराख्ने र कसको के क्षमता छ त्यो अनुसार हेरेर दिने हो ।’

उनका अनुसार, हालसम्म तीन जना मन्त्री नियुक्त भइसकेकाले अब थपिने मन्त्रीहरूमा समावेशिता झल्किने गरी व्यक्तिहरूको खोजी भइरहेको छ ।

‘राजनीतिमा नरहेका, गैर–राजनीतिक र कुनै संस्थामा काम गरेका व्यक्तिहरूलाई ल्याउँछौं’, उनले थप भनिन्, ‘त्यस्ता मान्छेहरूको खोजी भइरहेको छ ।’

निर्वाचनको काममा ध्यान केन्द्रित गर्नका लागि चुनावमा नउठ्ने व्यक्तिहरूलाई मन्त्री बनाइने उनको भनाइ  छ । 


Facebook Comments