दोस्रो पटक बेलायतको राजकीय भ्रमणमा ट्रम्प

User Image मेयरसाप डेस्क | एक घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68c9417e0a001.jpg

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दोस्रो राजकीय भ्रमणका लागि बेलायत पुगेका छन् । बेलायत सरकारले ट्रम्पलाई आकर्षित गर्न र द्विपक्षीय सम्बन्ध थप मजबुत बनाउन भव्य स्वागत गरेको छ ।

ट्रम्पको भ्रमणले बेलायत र अमेरिकाबीच १० अर्ब पाउण्ड (१३.६० अर्ब डलर) बराबरको लगानी सम्झौतामा हस्ताक्षर हुने अपेक्षा गरिएको छ । यसले नयाँ आणविक परियोजनाहरूलाई गति दिने र ’विश्व–अग्रणी प्राविधिक साझेदारी’ स्थापित गर्ने बेलायती अधिकारीहरूको भनाइ छ । 

यसअघि नै गुगल, पेपल, र सिटी ग्रुपजस्ता कम्पनीले बेलायतमा ठूलो लगानी गर्ने घोषणा गरिसकेका छन् । बेलायतमा उनलाई राजा चाल्र्स तृतीयसँग गाडीको जुलुस र विन्डसर क्यासलमा राजकीय भोजसहित स्वागत गरिनेछ । यद्यपि, लन्डनमा ट्रम्पको विरोधमा ठूलो प्रदर्शनको तयारी गरिएको छ ।

भ्रमणको राजनीतिक पक्षमा युक्रेन युद्ध, अमेरिकी कर र अभिव्यक्ति स्वतन्त्रता जस्ता मुद्दामा छलफल हुनेछ । प्रधानमन्त्री किर स्टार्मर र ट्रम्पबीचको भेटमा यी विषयले असहजता ल्याउन सक्ने अनुमान गरिएको छ । 

ट्रम्पको पूर्व सहयोगी एलन मस्कको विवादास्पद टिप्पणीले बेलायतमा ’अभिव्यक्ति स्वतन्त्रता’ को बहसलाई थप तातेको छ । साथै, ट्रम्पको यौन अपराधी जेफ्री एपस्टेनसँगको सम्बन्ध र शाही परिवारका सदस्यसँग एपस्टेनको मित्रताले पनि यो भ्रमणमा असहज प्रश्नहरू खडा गर्न सक्ने देखिएको छ ।


Facebook Comments