प्रतिनिधिसभा निर्वाचनको तयारीमा आयोग, उपनिर्वाचनको कार्यक्रम रद्द

User Image मेयरसाप डेस्क | एक घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68c93d8f88450.jpg

काठमाडौं । प्रतिनिधिसभा विघटन भएर आगामी फागुन २१ गते निर्वाचनको मिति घोषणा भएपछि निर्वाचन आयोगले प्रारम्भिक तयारीका कामहरू सुरु गरेको छ । 

यसअघि कात्तिक १७ गतेका लागि तय भएको रुपन्देही निर्वाचन क्षेत्र नं ३ को उपनिर्वाचनको कार्यक्रम पनि आयोगले रद्द गरेको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचन घोषणासँगै सरकारसँग औपचारिक परामर्श र अन्य व्यवस्थापकीय तयारी सुरु भएको बताएका छन् । 

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले पनि निर्वाचनका लागि आवश्यक रकमको प्रबन्ध गर्नेगरी बजेट परिमार्जन गर्ने घोषणा गरिसकेका छन् ।

‘जेनजी’ पुस्ताको आन्दोलनले उत्पन्न परिस्थितिका कारण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । 

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी निर्वाचन मिति घोषणा गरेका थिए ।


Facebook Comments