नेपाली क्रिकेट टोलीलाई युएईले दियो भिसा, भोलि प्रस्थान गर्दै


काठमाडौं । युएईले नेपालीहरूलाई भिसा दिन रोकेका बेला नेपाली क्रिकेट टोलीले भने भिसा पाएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले जानकारी दिएअनुसार, भिसा प्राप्त भएसँगै नेपाली टोली सोमबार (भोलि) युएई प्रस्थान गर्नेछ ।
नेपालमा ‘जेनजी’ आन्दोलनका क्रममा हजारौं कैदीहरू जेलबाट भागेपछि युएईले नेपालीका लागि भिसा प्रक्रिया रोकेको थियो । तर, नेपाली खेलाडीहरूका लागि क्यानको विशेष पहलपछि भिसा जारी भएको हो । क्यानले यसका लागि इमिरेट्स क्रिकेट बोर्ड र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) मा समेत समन्वय गरेको थियो ।
नेपालले युएईमा वेस्ट इन्डिजसँग तीनवटा टी–२० खेल खेल्ने तालिका रहेको छ। यो शृङ्खला सेप्टेम्बर २७, २९ र ३० मा शारजाह क्रिकेट रङ्गशालामा हुनेछ । खेलको सम्पूर्ण खर्च र व्यवस्थापन क्यानले नै बेहोर्नेछ । खेलका लागि अनलाइन टिकट बुकिङ पनि खुला भइसकेको छ ।
Facebook Comments