लोक सेवा आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68cfbd146028c.JPG

काठमाडौं । लोक सेवा आयोगले आफ्नो आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गरेको छ ।

आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले राष्ट्रपति कार्यालयमा आयोजित एक विशेष कार्यक्रमकाबीच नेपालको संविधानले तोकेअनुसार प्रतिवेदन बुझाएका हुन् ।

प्रतिवेदनमा आयोगले गत आर्थिक वर्षमा गरेका कामहरूको विस्तृत विवरण, परीक्षा सञ्चालन, नतिजा प्रकाशन, सिफारिस र यस क्रममा देखिएका चुनौती तथा भावी योजनाहरू समेटिएका छन् ।

आयोगले सरकारी सेवामा योग्य र सक्षम जनशक्ति छनोट गर्न खेलेको भूमिका र आगामी दिनमा यसलाई अझ बढी निष्पक्ष र प्रभावकारी बनाउन अपनाइने रणनीतिबारे पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।

राष्ट्रपति पौडेलले प्रतिवेदन ग्रहण गर्दै आयोगले सार्वजनिक प्रशासनलाई स्वच्छ, निष्पक्ष र योग्य बनाउन पुर्याएको योगदानको प्रशंसा गरेका छन् ।


Facebook Comments