लामो समयदेखि जीर्ण अवस्थामा रहेका आयोजना राख्न हुँदैन : मन्त्री घिसिङ

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68cfc11e840c5.jpg

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले लामो समयदेखि अलपत्र परेका र काम नभएका आयोजनाहरूको ठेक्का सम्झौता तोडिने बताएका छन् ।

नेपाल निर्माण व्यवसायी महासङ्घका प्रतिनिधिसँगको भेटमा उनले कुनै पनि निर्माण व्यवसायीप्रति पूर्वाग्रही नहुने तर लापरवाही र विविध कारणले जीर्ण बनेका विकास आयोजनाका ठेक्का भने तोड्ने स्पष्ट पारे ।

मन्त्री घिसिङले अनुमानित लागतभन्दा कममा ठेक्का लिएर काम नगर्ने प्रवृत्ति बढेको भन्दै यस्तो मनोवृत्तिले ठेकेदारलाई दण्डित नबनाएसम्म काम नहुने बताए । 

उनले ’जेनजी’ आन्दोलनपछि भ्रष्टाचार नियन्त्रण अहिलेको सरकारको मुख्य उद्देश्य रहेको र निर्माण व्यवसायीहरूलाई पनि यस अभियानमा लाग्न आग्रह गरे ।

भेटमा महासङ्घले निर्माण क्षेत्रका समस्याबारे मन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो ।


Facebook Comments