नख्खु कारागारबाट भागेका कैदीले गरे श्रीमतीको ह*त्या


काभ्रे । काभ्रेको पनौती नगरपालिका–१२, गागलमा नख्खु कारागारबाट भागेका एक कैदीले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।
’जेनजी’ आन्दोलनका क्रममा भागेका सन्तबहादुर तामाङले (३५–३६ वर्ष) आफ्नी श्रीमती मनिषा घ्यावा तामाङ (३० वर्ष) को हत्या गरेको वडाध्यक्ष जयराम केसीले जानकारी दिए ।
सन्तबहादुर जबरजस्ती करणीको मुद्दामा कारागारमा थिए । हत्यापछि तामाङ फरार रहेका छन् ।
इलाका प्रहरी कार्यालय बनेपाको टोली घटनास्थलमा पुगेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए ।
Facebook Comments