पहिरो पन्छाएपछि दुईतर्फी सञ्चालनमा आयो नागढुंगा–मुग्लिन सडक

User Image मेयरसाप डेस्क | २ हप्ता अगाडि
Image of https://mayorsap.com/storage/photos/10/pahiro-1753254566.jpg

काठमाडौं। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० जवाङखोला (बाँदरे मोड) मा झरेको पहिरो पन्छाएपछि सडक दुई तर्फी सञ्चालनमा आएको छ । मंगलबार बिहान सुख्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । 

सडक अवरुद्ध भएपछि जिल्ला प्रशासन कार्यालय धादिङले बिहान ९ बजे सूचना जारी गर्दै यात्रुहरुलाई वैकल्पिक मार्ग प्रयोग गर्न समेत आग्रह गरेको थियो । 

झन्डै १० घण्टा समय लगाएर पहिरो पन्छाएपछि अहिले सडक दुईतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।


Facebook Comments