नख्खु जेलबाट भागेका शिवशिखर सहकारीका अध्यक्ष शर्मा पक्राउ


काठमाडौं । जेनजी आन्दोलनको मौका छोपेर नख्खु जेलबाट फरार भएका शिवशिखर बहुउद्देश्यीय सहकारी भक्तपुरका अध्यक्ष केदारनाथ शर्मा पुनः पक्राउ परेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई आज ललितपुरको सानेपाबाट नियन्त्रणमा लिएको हो ।
करिब १४ अर्ब रुपैयाँभन्दा बढी बचत हिनामिना गरेको आरोप लागेका ५० वर्षीय शर्मा गत असारमा भारतीय प्रहरीको सहयोगमा मुम्बईबाट पक्राउ परेका थिए ।
भक्तपुरमा शिवशिखर कृषि सहकारी र शिखरदीप बहुउद्देश्यीय सहकारीलाई गाभेर उनले शिवशिखर बहुउद्देश्यीय सहकारी खोलेका थिए ।
तुलसी सहकारी संस्था पनि उनैले चलाएका थिए । ती सबै सहकारीमा आर्थिक अपचलन भएपछि उनी भारत भागेका थिए ।
Facebook Comments