आगजनी र तोडफोडका घटनाको अनुसन्धानमा सघाउन प्रहरीको अनुरोध

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68d3e93cbd737.jpg

गण्डकी । जिल्ला प्रहरी कार्यालय, कास्कीले गत भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनमा क्रममा भएका आगजनी, तोडफोड र लुटपाटका घटनाको अनुसन्धानमा सहयोग गर्न सर्वसाधारणमा अनुरोध गरेको छ । 

उक्त विध्वंसात्मक गतिविधिसँग सम्बन्धित सिसि टिभीका फुटेज, भिडियो, फोटो, भ्वाइस रेकर्डलगायत प्रमाणजन्य सामग्री उपलब्ध गराई घटनाको अनुसन्धानमा सघाउन प्रहरीले अनुरोध गरेको हो । 

साथै सुरक्षा निकायका हातहतियारसहित अन्य लुटपाट गरिएका सामग्री लुकाइछिपाइ राखिएको जानकारी भएमा प्रहरीलाई खबर गर्न भनिएको छ । जिल्ला प्रहरी कार्यायलले सार्वजनिक सूचनामार्फत विध्वंसात्मक गतिविधिसँग सम्बन्धित सूचना र प्रमाणजन्य सामग्री उपलब्ध गराउने व्यक्ति वा संस्थाको पूर्ण गोपनियता कायम गरिने जनाएको छ । 

प्रदर्शनकारीले कास्कीका सुरक्षा निकाय, सरकारी कार्यालय, व्यावसायिक प्रतिष्ठानलगायत व्यक्तिगत घरमा आगजानी, तोडफोड र लुटपाट गरेका थिए । पोखरामा रहेका तीनै तहका सरकारका अधिकांश कार्यालय भवन आगजनी र तोडफोडका कारण क्षतिग्रस्त भएका छन् ।  


Facebook Comments