पर्सा गोलीकाण्ड : तीन दिनसम्म खुलेन कारण, अनुसन्धानका लागि ३ जना पक्राउ

User Image मेयरसाप डेस्क | ८ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68d7b1e11e370.png

पर्सा । पर्साको छिहपरमाई गाँउपालिका–५ भिस्वा मा बिहीबार बेलुकी गोली चलेको घटनाको अनुसन्धान तीन दिन बितिसक्दा पनि निष्कर्षमा पुग्न सकेको छैन । गोली कसले र किन चलाएको भन्नेबारे प्रहरीले अनुसन्धान जारी राखेको छ ।

गाउँपालिका कार्यालय पछाडि सडकमा दुई समूहबीच भएको झडप मा गोली चलेको थियो, जसबाट भिस्वाकै १६ वर्षीय गोलु आलम घाइते भएका थिए । आलमको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले घटनाको अनुसन्धानका लागि तीन जनालाई पक्राउ गरी सोधपुछ गरिरहेको जानकारी दिए । पक्राउ परेकाहरू १७/१८ वर्ष उमेर समूहका छन् र प्रहरीले उनीहरूको परिचय गोप्य राखेको छ ।

डीएसपी बस्नेतले सामान्य विवाद बढेर पनि घटना भएको हुन सक्ने आशङ्का गर्दै पक्राउ परेकाहरूको संलग्नताको भूमिका निक्र्योल भएपछि मुद्दा प्रक्रिया अगाडि बढाइने बताएका छन् ।

घाइते आलमले भने विवाद भइरहेको स्थानबाट चलेको गोली आफूलाई लागेको बताएका छन् । घटनापछि गोली चलाउने व्यक्ति भारततर्फ भागेको आशङ्का प्रहरीले गरेको छ ।


Facebook Comments