जेनजी आन्दोलनका शहीदहरूको सम्झनामा मकवानपुरमा दीप प्रज्वलन

User Image दिक्षान्स खड्का | २ हप्ता अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68d7b7d943e5b.jpg

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुर निर्वाचन क्षेत्र न–१ ले जेनजी आन्दोलनका क्रममा ‘जीवन बलिदान’ गर्ने युवाहरूको सम्झनामा हेटौंडामा दीप प्रज्वलन तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ ।

हेटौंडा–२ स्थित राप्रपा कार्यालयमा शनिबार साँझ सम्पन्न कार्यक्रममा पार्टीका जिल्ला र क्षेत्रीय पदाधिकारी, कार्यकर्ता र स्थानीयवासीको उपस्थिति रहेको थियो । कार्यक्रम राप्रपा मकवानपुर–१ का अध्यक्ष उमेश थापाको सभाध्यक्षतामा सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि पूर्व सांसद दिपक बहादुर सिंहले जेनजी आन्दोलनका युवाहरूको बलिदान व्यर्थ नजाने उल्लेख गर्दै नेपालमा हिन्दु राज्य र राजसंस्था पुनःस्थापनाको पक्षमा पार्टीको प्रतिबद्धता दोहोर्याए ।

अध्यक्ष उमेश थापाले सरकारले सहिदहरूको विषयमा छानबिन नगरे हालको सरकारले पनि राजीनामा दिनुपर्ने माग राख्दै युवाहरूको मुद्दा निरन्तर अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।


Facebook Comments