ओली र लेखकसहित ५ जनाको बयान दसैंपछि लिने तयारी


काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको संयोजकत्वमा गठित जेनजी आन्दोलन जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकसहित पाँच जना उच्च पदाधिकारीलाई अनुसन्धानको दायरामा राख्दै बयान लिने तयारी गरेको छ ।
आयोगले आइतबारमात्रै ओली र लेखकसहित पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख हुतराज थापा, र काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई उपत्यका नछाड्न र पासपोर्ट रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार गरेको थियो ।
आयोगका सदस्य विज्ञानराज शर्माका अनुसार दशैँ बिदापछि प्रक्रिया मिलाएर उनीहरूसँग बयान लिने काम सुरु हुनेछ ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा सरकारी दमन र हिंसात्मक घटनामा ७४ जनाले ज्यान गुमाएका थिए । घटनाको छानबिनका लागि असोज ५ गते मन्त्रिपरिषद्ले आयोग गठन गरेको थियो ।
Facebook Comments