श्रीलङ्काको पश्चिमी प्रान्तमा सबैभन्दा बढी लागुऔषध दुर्व्यसनी स्कुलका विद्यार्थी रहेको पुष्टि

User Image मेयरसाप डेस्क | १२ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68da892e327f4.jpg

एजेन्सी । श्रीलङ्काको पश्चिमी प्रान्तमा सबैभन्दा बढी लागुऔषध दुर्व्यसनी स्कूलका विद्यार्थीहरूको सङ्ख्या रेकर्ड गरेको  श्रीलङ्काको नेसनल डेंजरस ड्रग्स कन्ट्रोल बोर्ड (एनडीडिसिबी) ले सोमबार जनाएको छ । जसमा कोलम्बो जिल्लामा सबैभन्दा बढी केसहरू दर्ता भएकोे  एनडीडिसिबीले जनाएको छ ।  

एनडिडिसिबीले विज्ञप्ति जारी गर्दै कोलम्बो र यसका उपनगरहरूमा कम आय भएका समुदायका  बालबालिकाहरू दुर्व्यसनीको विशेष  जोखिममा रहेको बताएको छ । गम्पाहा, कुरुनेगला, अनुराधापुरा, गाले, रत्नपुरा र कालुतारासहित क्यान्डी जिल्लाका केही भागहरू पनि उच्च जोखिममा रहेका क्षेत्रका रूपमा पहिचान भएको विज्ञप्तिमा उल्लेख छ ।  

साथीहरूको सङ्गतलाई विद्यार्थीहरूमा लागु औषध प्रयोगको प्रमुख कारणकको रूपमा उद्धृत गरिएको छ । यसै गरी लागु औषध रोकथाम नीतिहरूको कमजोर कार्यान्वयन  तनावपूर्ण पारिवारिक वातावरण, उपेक्षा, गरिबी, कुपोषण र समुदायहरूमा लागुऔषधको सहज उपलब्धताले लगायतका कारणले दुव्यसनस् बढेको एनडीडिसिबीले  जनाएको छ ।  

यस प्रवृत्तिलाई नियन्त्रण गर्न, एनडीडिसिबीले वातावरणीय तथा मिडिया अभियानहरूसँगै विद्यालय, युवा, परिवार, कार्यस्थल र समुदायमा आधारित पहलहरूसहितका कार्यक्रमहरू सुरु गरिरहेको बताएको छ ।

परामर्श सेवाहरू विस्तार गरी मध्यम र उच्च जोखिम भएका बच्चाहरूलाई विद्यालय वा व्यावसायिक शिक्षामा फर्कनु अघि एनडीडिसिबीको युवा उपचार केन्द्रमा उपचारका लागि  पठाउने व्यवस्था गरेको जनाइको छ ।  

यसैबीच, प्रहरीले स्थानीय मिडियालाई बताए अनुसार यस वर्ष जनवरी (१ देखि अगस्ट( ३१ को बीचमा २०६ बच्चाहरूलाई लागुऔषधसँग सम्बन्धित अपराधका लागि हिरासतमा लिइएको थियो । लागुऔषधको दुरुपयोग विरुद्ध लड्न विद्यालयहरूमा १५ हजार ६०० भन्दा बढी सचेतना कार्यक्रम सञ्चालन गरिएको जनाइउको छ ।


Facebook Comments