त्रिभुवन विमानस्थलबाट आन्तरिक हवाई उडान सुरु


काठमाडौं । अविरल वर्षाका कारण हिजोदेखि बन्द रहेको आन्तरिक हवाई उडान आज (आइतबार) बिहानैबाट सुरु भएको छ ।
मौसम अनुकूल रहेका स्थानतर्फको उडान सुरु भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जानकारी दिएको छ ।
कार्यालयका अनुसार, आज बिहान काठमाडौंबाट नेपालगञ्ज र भद्रपुरमा उडान भइसकेको छ । पोखरा र सुर्खेतको मौसम पनि अनुकूल रहेकाले ती गन्तव्यका लागि पनि आन्तरिक उडानहरू सुरु गरिएका छन् ।
अन्तर्राष्ट्रिय उडान भने हिजो बेलुकीदेखि नै नियमित भइरहेको छ ।
यद्यपि, काठमाडौं उपत्यका बाहिर जाने सडकको अवस्था सामान्य नभएकाले लामो दुरीका सवारी साधन सञ्चालनमा भने रोक कायमै छ । यातायात व्यवसायीहरूलाई तत्काल टिकट बुकिङ नगर्न भनिएको छ ।
Facebook Comments