जेनजी आन्दोलनका क्रममा भागेका १९२ कैदीबन्दी पक्राउ


तनहुँ । तनहुँको दमौली कारागारबाट जेनजी आन्दोलनका क्रममा भागेका कैदीबन्दीमध्ये १९२ जनालाई पक्राउ गरिएको छ । कारागार प्रशासनका अनुसार, कारागारमा रहेका कुल ३२७ कैदीबन्दीमध्ये १३५ जना अझै फरार छन् ।
निमित्त जेलर श्यामसिं बोहराले जानकारी दिएअनुसार, पक्राउ परेकामध्ये कास्की, चितवन, धादिङ र काठमाडौँका गरी ४५ जनालाई नियन्त्रणमा लिएर सम्बन्धित कारागारमा पठाइसकिएको छ ।
लमजुङका कैदीबन्दी स्थानान्तरण
बेसींसहरस्थित जिल्ला कारागारको जीर्ण पर्खाल भत्किएपछि असुरक्षा बढेकाले त्यहाँका ६ महिलासहित १०९ कैदीबन्दीलाई दमौली र कास्की (पोखरा) कारागारमा स्थानान्तरण गरिएको थियो ।
तनहुँका प्रहरी प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर कार्कीले आउन बाँकी कैदीबन्दीको खोजी कार्यलाई निरन्तरता दिइएको बताए । उनले केही जघन्य अपराधका कैदीबन्दी फरार हुनसक्ने तर्फ प्रहरीले कडाइका साथ निगरानी बढाएको जानकारी दिए ।
Facebook Comments