माओवादीसँग एकता कुबेलाका बाजा, भड्खालोमा नजाऔं : झलनाथ खनाल

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68eb3ec05bfa0.jpg

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले माओवादी केन्द्रसँग हुन लागेको सम्भावित पार्टी एकतामा विमति जनाएका छन् ।

जेन–जी आन्दोलनकारीबाट श्रीमती रबिलक्ष्मी खनाल जिउँदै जलाइएपछि उनको उपचारका लागि दिल्लीमा रहेका खनालले आइतबार वक्तव्य जारी गर्दै एकताको कुरालाई ‘कुबेलाका बाजा’ को संज्ञा दिएका छन् ।

उनले यस्तो प्रयासलाई ’भड्खालोमा पर्ने’ बाटोको रूपमा व्याख्या गरे । खनालले अहिले कसैसँग पनि पार्टी एकीकरण गर्ने मौसम नभएको स्पष्ट पारे । साथै उनले पार्टीलाई गलत बाटोमा नहिँड्न चेतावनी समेत दिए ।

खनालले पार्टीको चार वर्षे विद्रोहको निर्मम समीक्षा गर्नुपर्ने, युवा आवाज र कार्यविधिको कुरालाई ध्यान दिनुपर्ने र सबै क्रान्तिकारी, वामपन्थी, देशभक्त शक्तिहरूलाई गोलबन्द गरी बृहत राष्ट्रिय मोर्चा निर्माण गर्नुपर्नेमा जोड दिए ।

नेता खनालले ‘कुबेलाको सहनाई नबजाउन’ आग्रह गर्दै सिंगो पार्टीलाई एकताबद्ध बनाएर पुनर्गठन र रूपान्तरणको ऐतिहासिक मार्गमा अघि बढ्न आह्वान गरेका छन् ।


Facebook Comments