तोलामा ३ हजारले बढ्यो सुनको मूल्य


काठमाडौं । यस साताको पहिलो कारोबार दिन सुनको मूल्यमा भारी वृद्धि भएको छ भने चाँदीको मूल्य पनि बढेको छ ।
गत शुक्रबार रु २ लाख ३५ हजारमा कारोबार भएको एक तोला सुनको मोल आज रु ३ हजारले बढेर रु २ लाख ३८ हजार कायम भएको छ ।
चाँदीको मूल्य पनि प्रतितोला रु ४० ले वृद्धि भएको छ। शुक्रबार रु ३ हजार ८५ मा खरिदबिक्री भएको चाँदी आज रु ३ हजार १२५ मा किनबेच भइरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा पनि आज एक औँस सुन चार हजार १६ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
Facebook Comments