मोटरसाइकल दुर्घटना हुँदा एक जनाकाे मृ*त्यु

User Image मेयरसाप डेस्क | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68eb44f09ab4c.jpg

काठमाडौं । काठमाडौंको कपन पैयुटार पानी फ्याक्ट्रीस्थित सडकखण्डमा बा८१प ७३५ नम्बरको मोटरसाइकिल दुर्घटनामा परी गम्भीर घाइते भएका एक जना युवाको आज बिहान मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोलुखुम्बु जिल्ला घर भई हाल काठमाडौं कपन बस्ने २५ वर्षीय पासाङ मिङ्मा शेर्पा रहेका काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले  जानकारी दिए ।

उनले भने, “गए राति कपन पैयुटार पानी फ्याक्ट्रीस्थित सडकमा पैयुटारबाट गोकर्णेश्वरतर्फ गइरहेको उक्त मोटरसाइकल बिजुलीको पोलमा ठोक्किँदा शेर्पा गम्भीर घाइते भएका थिए । उनको काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।”


Facebook Comments