रुपन्देहीको अगरबत्ती उद्योगमा आगलागी हुँदा २ करोड बढीको क्षति

User Image मेयरसाप डेस्क | २० घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68f33f03b4416.PNG

रुपन्देही । सिद्धार्थनगर नगरपालिका–६ स्थित भैयाटोलमा न्यू जय अम्बे अगरबत्ती तथा पुजा सामग्री प्याकेजिङ्ग उद्योगमा आगोलागी भएको छ । आज बिहान ५ बजेतिर विद्युत सट भएर उद्योगमा आगोलागी भएको हो ।

सिद्धार्थनगर नगरपालिका र तिलोत्तमा नगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी तथा स्थानीबासीको सहयोगमा आगो निभाइएको थियो । आगो निभाउन करिब ३ घण्टा लागेको थियो ।

आगलागीका कारण उद्योगभित्र रहेको अगरबत्ती, धूप, तेल, नगद, मेशिन, सिसिटिभी क्यामेरा, कम्प्यूटर लगायतका सामग्रीहरू जलेर नष्ट भएका छन् । आगलागीबाट करिब २ करोड ३२ लाख बढी मूल्य बराबरको क्षति भएको उद्योगधनीले बताए ।


Facebook Comments