चितवनको भरतपुरमा ‘स्कुटर’ दु*र्घटना, २ जनाको मृ*त्यु

User Image मेयरसाप डेस्क | ९ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68ad731e49611.jpg

भरतपुर । चितवनमा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । भरतपुर विमानस्थल नजिकै आज बिहान स्कुटर आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा दुई युवाको मृत्यु भएको हो । गएराति भरतपुर–१० स्थित विमानस्थल नजिकै बाप्र ०६–००३ प ०६९२ नम्बरको स्कुटर आफैँ अनियन्त्रित भई दुर्घटनामा परेको थियो ।

उक्त दुर्घटनामा परी स्कुटर चालक भरतपुर–२१ का २५ वर्षीय सन्दीप घिमिरे र स्कुटर पछाडि सवार सोही स्थानका २८ वर्षीय कुशल अर्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक गोविन्द पुरीले जानकारी दिए । उनका अनुसार दुर्घटनामा दुवै जनाको टाउकामा चोट लागेर गम्भीर अवस्थामा उपचारका लागि भरतपुर अस्पताल लगिएको थियो । 


Facebook Comments