प्रधानमन्त्री कार्कीले आज राजनीतिक दलका नेताहरुसँग छलफल गर्दै

User Image मेयरसाप डेस्क | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68f59b4a75844.jpg

काठमाडौं ।  अगामी निर्वाचनको तयारीका विषयमा आज प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलका नेताहरूसँग छलफल गर्दैछिन् । प्रधानमन्त्री कार्कीले आज अपराह्न ४ बजे बालुवाटारमा दलका प्रतिनिधिहरुसँग छलफल गर्न लागेकी हुन् । 

छलफलमा कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, रास्वपा, जसपा लगायत दलका नेताहरुलाई बोलाइएको छ । सरकारले आगामी फागुन २१ गते आम निर्वाचन गराउने घोषणा गरे पनि चुनावको वातावरण सिर्जना नभएको राजनीतिक दलहरु बताउँदै आएका छन् । यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री कार्कीको उपस्थितिमा दलहरुसँग छलफल गरेका थिए ।


Facebook Comments