जापानमा पहिलो पटक महिला प्रधानमन्त्री

एजेन्सी । जापानको संसदले मंगलबार लिबरल डेमोक्रेटिक पार्टीकी अध्यक्ष सानाई टाकाचीलाई पहिलो महिला प्रधानमन्त्रीको रूपमा निर्वाचित गरेको छ। मंगलबार संसदमा २३७ मत पाउँदै टाकाची प्रधानमन्त्रीमा निर्वाचित भएकी हुन् ।
राजनीति र कार्यस्थलमा वृद्ध पुरुषहरूको प्रभुत्व रहेको जापानजस्तो पितृसत्तात्मक देशका लागि यो एक ऐतिहासिक क्षण हो।
टाकाचीका प्रतिस्पर्धीले १४९ मत मात्र प्राप्त गरे। लिबरल डेमोक्रेटिक पार्टी जापानको सबैभन्दा ठुलो दल हो। जापान इनोभेसन पार्टीसँग गठबन्धन गरेर सो दलले नयाँ सरकार बनाउन लागेको हो।
६४ वर्षकी उनी एक महिनाअघि मात्र पार्टीको अध्यक्षमा नियुक्त भएकी थिइन्। आर्थिक समस्या र विभाजित राजनीतिले ग्रस्त जापानमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्धारित भ्रमणको केही दिनअघि नै ताकाइचीले यो जिम्मेवारी सम्हालेकी हुन्।
Facebook Comments