नेताहरुलाई बालेनको प्रश्न: र*गत पिएर अरुलाई लुसिफर भन्न लाज लाग्दैन ?

User Image मेयरसाप डेस्क | ७ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68f9039e7854d.jpg

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेताहरूप्रति आक्रोश पोखेका छन्।  जेनजी आन्दोलनमा आफूमाथि विभिन्न आरोप लागेपछि उनले बुधबार सामाजिक सञ्जालमार्फत शीर्ष पार्टीका नेताहरुलाई जवाफ फर्काएका हुन् ।  

उनले भिसा पाउन नेताहरूकोमा धाउनुपर्ने भन्दै भनेका छन्, ‘तुइन र काठको पूल बनाउने नेताहरू भन्छन्– यो देश विदेशीले बिगार्‍यो। भिसा पाउनलाई तिमीहरूको घर धाउनु पर्छ। अरुलाई एजेन्ट भन्छौ ?’

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा भएको आगोलागी र तोडफोडमा कांग्रेस, एमालेका कार्यकर्ता नै सक्रिय भएको भन्दै उनले दोष बालबच्चालाई दिएको भन्दै आपत्ति जनाए। 

‘आन्दोलनमा पुरै देश एमालेले काङ्रेसको जलाउँछ। काङ्रेसले एमालेको जलाउँछ। दोष आफ्नो बाल बच्चालाई दिन्छौ ?’ उनले भनेका छन्, ‘चियाको टाइममा रगत पिएर अरुलाई लुसिफर भन्छौ ? लाज लाग्दैन ?’ मेयर साहमाथि जेन–जी आन्दोलनलाई उचालेर भूमिगत बसेको आरोप लागेको छ । 


Facebook Comments